स्वास्थ्य मन्त्रालयले भन्यो : उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार नरोक्नु

काठमाडौं-सरकारले कोरोनाको उपचार खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार नरोक्न अस्पतालहरुलाई आग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तीमा कतिपय अस्पतालले कोभिड १९ का बिरामीलाई भर्ना गर्दा रकम माग गरेको र रकम जम्मा नगर्न नसक्नेलाई उपचार सेवाबाट बञ्चित गर्ने गरेको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

‘गरिब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकहरुको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीहरुका तर्फबाट स्वयं घोषणा भए मात्र पनि मान्य हुने र सो उपचार सेवा वापतको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने बारेको सूचना सबैको जानकारी लागि सार्वजनिक भएकै छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six + = sixty two