अन्ततः प्रचण्डले खोले एमसिसी पास गर्नुको भित्री कारण

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्धका मुद्दाहरु व्युँतिने खतरा रहेको बताएका छन्। राष्ट्रियसभा गृहमा आजदेखि भइरहेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमसीसी अनुमोदन नगरेको भए सशस्त्र जनयुद्धका बेला लागेका मुद्दाहरु व्युँतिने खतरा रहेको बताए।

‘अमेरिका धेरै शक्तिशाली राष्ट्र हो। अमेरिकासँग लड्ने स्रोत साधन हामीसँग छैन। शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको अवस्था छैन। यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लागाइएका मुद्दाहरु व्युँतिने खतरा थियो,’ ब्रिफिङका क्रममा उनले भने।

एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने प्रचण्डले बताए। ‘मैमाथि १८-१९ मुद्दाहरु छन्। अन्य कमरेडहरुविरुद्ध पनि मुद्दाहरु छन्। एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मुद्दा व्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो,’ उनले भने।

प्रचण्डको अभिव्यक्तिलाई नारायकाणजी श्रेष्ठ समूहले ‘मनोवैज्ञानिक भ्रम’ फैलाएको आरोप लगाए। ‘प्रचण्डले एमसीसीको बचाउ गर्न मनोवैज्ञानिक ट्रिट गर्नुभएको छ। उहाँले एमसीसी सम्झौतामा स्पष्ट धारणा सार्वजनिक गर्न सक्नुभएन,’ श्रेष्ठ समूहका एक नेताले अन्नपूर्णसँग भने।

प्रचण्डले एमसीसीबारे एक घन्टा ब्रिफिङ गरेका थिए। माओवादी केन्द्रका नेतृ ओनसरी घर्तिमगरले एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक घोषणा सही भएको बताइन्। ‘एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक टिप्पणी सही छ। पार्टीको निर्णयलाई सबैले स्वीकार गर्नुपर्छ,’ उनले भनिन्।

उनले पार्टीभित्र मत भिन्नता हुने र फरक मतलाई सम्मानसहित निष्कर्षमा पुर्‍याउने दाबी गरिन्। ‘एमसीसीमा नारायणकाजी श्रेष्ठको मात्र होइन, अन्य कमरेडहरुको पनि फरक मत रहेको छ। सबैको फरक मतलाई सम्मान गर्दे बैठकले निष्कर्ष निकाल्छ,’ उनले भनिन्।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 2