दाहाल प्रचण्ड भन्छन् : पार्टीभित्रकाे छलफलपछि एमसीसी फेल भए म पदमा बस्दिनँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र एमसीसी फेल भए आफूले अध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् । संसदबाट पास भइसकेको एमसीसीबारे माओवादीभित्र मतभेद कायमै छ । उक्त विषयबारे आगामी स्थानीय तहको चुनावपछि थप छलफल हुने र सो क्रममा पार्टीभित्र एमसीसी पास गर्ने निर्णय फेल भए आफू अध्यक्ष पदमा नबस्ने बताएका हुन् ।

पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे सकेसम्म पार्टीभित्र एकैमत बनाउने प्रयास भइरहेको बताए । उनले भने, ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल गर्छौं । यदि पार्टीभित्र फेल भयो भने म नैतिकताका आधारमा राजीनामा दिन्छु, ढुक्क हुनुहोला ।’

उनले एमसीसीबारेको व्याख्यात्मक घोषणाको विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि थप छलफल गरेर निर्णय लिइने बताए । साथै व्याख्यात्मक घोषणाको उचित सम्मानसहित कार्यान्वयन नभएमा फेरि आफूहरु आन्दोलन गर्ने चेतावनी समेत उनले दिए । तत्काल अब स्थानीय तहको चुनावमा केन्द्रित हुने भन्दै प्रचण्डले तल्लो तचहसम्मै तालमेल भएसम्म गठबन्धन बनाएरै चुनाव लड्ने समेत उनले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty ÷ four =