फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ९८९ जनाको परीक्षण हुँदा २ हजार १५६ पुरुष र १ हजार ३६१ महिला गरी ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जले ज्यान गुमाएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = 12