भारतको अर्को दादागिरी ! नेपालमा प्याज निर्यातमा रोक

काठमाडौ । भारतले प्याजको निर्यातमा रोक लगाएका कारण अब फेरी नेपालमा पनि प्याजको मुल्य आकासिने भएको छ । अघिल्ला वर्षहरुमा पनि यो समयमा भारतले प्याज निर्यात बन्द गर्दै आएको छ । गत वर्ष यो सिजनमा प्याजको मुल्य आकासिएको थियो । भारतले काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको भारत सरकारले जनाएको छ । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो ।

यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् । अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty four ÷ = eighteen