लिपिलेक र कालापानी भारतको हो भन्ने भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण खारेज गर्न माग

काठमाडौं । यहि कात्तिक १९ गतेबाट भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले गर्न लागेको ३ दिने नेपाल भ्रमण खारेज गर्न २१ दलका संगठनले माग गरेका छन् । २१ दलकोे प्रतिनिधित्व गर्दै संगठनको तर्फ बाट सीपी गजुरेलले आज एक अपिल जारी गरेका छन् ।

यदी सरकारले नरभानेको नेपाल भ्रमण रद्द नगरे शान्तिपूर्ण बि’रोधको कार्यक्रम गर्ने चेतावनी २१ वटै ुंगठनले दिएका छन् । बि’रोध कार्यक्रमका लागि सम्पूर्ण देशभक्तहरुलाई सहभागी हुन पनि आह्वान गरिएको छ । यो अवस्थामा सेनाध्यक्ष नरभानेले नेपाल भ्रमण गरे नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप बढ्ने संगठनको ठम्याइ छ ।

नेपाल भारतबीच कालापानीको वि’वाद समाधानमा चासो नदिई उल्टै भारतका सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिएर सम्मान दिन खोजिनु आ’पत्तजिनक भएको २१ दलको भनाइ छ। नेपाली भूभागमा कालापानी, लिम्पीयाधुरा र लिपुलेकमा भार तले एकलौटी रुपमा मानसरोबर जानेबाट बनाएर उद्घाटन गरेपछि नेपाल भारतबीच सीमा बि’वाद छ ।

यसअघि नेपाल भारत सीमा विवादका विषयमा भारतीय सेनाध्यक्ष नरभानेले दिएको अभिव्यक्ति विवादित बनेको थियो । उनले नेपाल अरुको इसारामा चलेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको भनाइलाई लिएर नेपाल भारत दुवै मुलुकमा व्यापक आलोचना भएको थियो । यता नेपाली सेनाले भने नरभानेको नेपाल भ्रमण परम्पराको निरन्तरता भएको स्पष्ट पारेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

94 − eighty four =