काठमाडौं : नेपाली जनताहरुको लागि धेरै राम्रो काम गरेको थिए भनिन्छ–राजा महेन्द्र वीर विक्रम शाहले तर तिनै राजा महेन्द्रले कोशी बाँध किन बन्न दिए ? जसले हरेक बर्ष डुवानमा पारेर नेपालीहरुको ज्यान लिदै आएको छ । नेपालीहरुको ज्यान लिने बाँध बनाउन किन उनले सहयोग गरे होलान् । अझै कतिपय इतिहासकार भन्छन्, बाँध बनाउनलाई भारतको पक्षपोषण गरेका थिए विश्वेस्वर प्रसाद कोइरालाले ।
यो बाँधले प्रभाव पारेको हेर्ने हो भने मात्रै पुष्टी हुन्छ कि नेपाल र भारतको सम्बन्ध राम्रो छैन । नेपाल र भारत सम्बन्धको रुपमा एउटा धब्बाको रुपमा यो बाधलाई लिन सकिन्छ । भारत आफ्नो स्वार्थको लागी छिमेकीको घाँटी निचोर्न पनि तयार हुन्छ भन्ने कुरा यसैले प्रमाणित गर्छ ।
जमिन नेपालको अनि संरचना भारतको, घाटा नेपालको नाफा सवै भारतको । नेपालीहरुले बर्षायाममा ज्यानको सुरक्षा गर्न धेरै गाह्रो अनि कष्ट खप्नुपरेका छन् बाँधको कारण । यो कष्ट आफैं बनेको होइनन् भारतले हामीलाई दिएको हो । पछिल्ला बर्षको अवस्था हेर्ने हो भने अब कोशी नदी नेपालीहरुको लागी दुःखका कारण बनिरहेको छ । हरेक बर्ष बिहारलाई बगाउने नदीले अब नेपाली भू–भागलाई बगाउन थालेको छ । यसको कारण हो बाँधको चाबी नेपालसँग नहुनु !
सन् १९९४ मा कोशी सम्झौता भई सुनसरी र सप्तरी जिल्लाको सिमानामा कोशी व्यारेजको निर्माण भएको हो । त्यही सम्झौतामा टेकेर भारतले ६ बर्ष लगाएर व्यारेज बनाएको थियो । यसको शिल्यानास १९५९ मा नेपालका तत्कालिन राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहर लाल नेहरुले गरेका थिए ।
कोशी व्यारेजको सम्पूर्ण संचालन भारतको हातमा रहेको छ । जसकारण हरेक बर्ष नेपाली भू–भाग डुवानमा परिरहेको छ । नेपालले कोशी बाँध सम्झौतामा भारतलाई सहयोग गरेको थियो तर आज त्यही सम्झौता नेपालका लागी घाँडो सावित भएको छ ।