काठमाडौं महानगरपालिकाले भन्यो : ” सरकारको बेइज्जत भयो, नि:शुल्क खाना अभियान हटाऊ “

कात्तिक । काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरेर नि:शुल्क खाना खुवाउने अभियान प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थलमा खाना खुवाउदा सरकारको बेइज्जत भएको भन्दै प्रहरी नै खटाएर प्रतिबन्ध गरेको हो ।

अहिलेको अवस्थामा सडकमा खाना खुवाउनु पर्ने अवस्थाका मानिसहरु नभएको तथा यदी भइहाले सरकारको तर्फबाट मानव सेवा आश्रममार्फत त्यस्ता मानिसहरुको उद्धार गरेरे व्यवस्थापन गरिरहेको महानगरको दावी छ । त्यस्तै सडकमा खाना खानुपर्ने अवस्थामा मानिस बाहेक अन्य मानिस अरुपनि खाना बाँड्दै गरेको ठाउँमा आएर खाने गरेकोले नि:शुल्क खाना अभियान महानगरले प्रतिबन्ध लगाएको जनाएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा खटिएका प्रहरीहरुले केहि दिन अघिबाट अभियान्ताहरुलाई निशुल्क खाना अभियान बन्द गराइरहेका छन् । महानगरपालिकाले खाना खुवाउने भए होटल तथा पार्टी प्यालेसहरुमा लगेर खाना खुवाउन अनुरोध गरेको छ ।

सार्वजनिक तथा सडकहरुमा खाना खुवाउदा फोहोर हुने र सरकारको बेइजत हुने महानगरको भनाइ छ । कोरोना महामारी फैलिएपछि रोजगारी गुमाएर खाना खान नपाएकाहरुलाई केही अभियान्ताका साथै कलाकारहरुलेसमेत काठमाडौंका खुलामञ्च तथा खाली भागहरुमा बसाएर खाना खुवाउने व्यवस्था मिलाइरहेका थिए । यो न्युज २४ मा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 3