बुटवलमा घन्कियो ‘राजा आउ, देश बचाउ’को नारा , लाखौ जनता सडकमा ( हेर्नुस भिडियो )

बुटवल : रुपन्देहीमा राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार र्‍याली निकालिएको छ। तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो। वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो।

राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर उनीहरुले ‘राजा आउ, देश बचाउ’ को नारा लगाएका थिए। उनीहरुले दलको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आ रोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

25 ÷ five =