मानार्थ महारथीको उपाधि ग्रहण गर्न भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

काठमाडाैं, १९ कात्तिक । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार (आज) नेपाल आउँदै छन् । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे नेपाल आउन लागेका हुन् । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनुहुने छ ।

नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देश बीचको सम्बन्ध सुधारकाे अपेक्षा गरिएकाे छ । उनले सो दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च तहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

कालपानी, लिम्पियाधुरा र लिपुलेक लगायतका सीमा वि’वादका कारण दुई देशबीच ति’क्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको छ । नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन अनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसक्नु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty two − 51 =