नेपालका बारेमा अनर्गल प्रचार गर्ने भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

एजेन्सी । नेपालका बारेमा अर्नगल प्रचार गर्ने रिपब्लिक टिभीका प्रधानसम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् । उनलाई बुधबार विहानै राइगढ प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर पक्राउ पर्नुको कारण भने दुई वर्ष पुरानो घटना हो । सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध देह त्याग गर्न बाध्य पारेको भन्दै परेको मु द्दा मा उनलाई पक्राउ गरिएको हो ।

गोस्वामीमाथि ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई बाध्य पारेको आरोप छ । मुम्बई प्रहरीका अनुसार रिपब्लिक टिभीले पैसा नतिरेको भन्दै सन् २०१८ मा ती इन्टेरियर डिजाइनर र उनकी आमाले देह त्याग गरेका थिए । जी मिडियासँग कुराकानी गर्दै इन्सपेक्टर सचिन भाजेले अर्नबलाई आईपीसीको सेक्सन ३०६ र सेक्सन ३४ अन्तरगत पक्राउ गरिएको हो ।

यता, अर्नब गोस्वामीले पक्राउ गर्ने क्रममा आफूलाई मुम्बई प्रहरीले अपमान गरेकोआरोप लगाएका छन् । बुधबार बिहान अर्नबलाई पक्राउ गर्न मुम्बई प्रहरीका एक दर्जन अधिकारी उनको निवास पुगेको थियो । अर्नबलाई थप सोधपुछका लागि राइगढ लगिने बताइएको छ ।

केही दिनअघि मुम्बई प्रहरीले टीआरपी घोटालाको मामिलामा रिपब्लिक टिभीका शीर्ष अधिकारीहरुमाथि अनुसन्धान सुरु गरेको थियो । अर्नब गोस्वामी र मुम्बई प्रहरीबीच सुशान्त सिंह राजपुतलगायत विभिन्न मु द्दा मा विवाद देखिएको थियो । जी न्यूजबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety nine ÷ 33 =