रबि लामिछानेले भने : कुलमानको निरन्तरता हुनैपर्छ, कुलमान घिसिङका लागि सडकमा आएर बोल्न तयार छु

काठमाडौं : चर्चित संचारकर्मी रवि लामिछानेले कुलमान घिसिङ को समर्थन गर्दै विद्युत प्राधिकरणमा कार्यकालको निरन्तरताको लागि माग गरेका छन् । कुलमानका लागि रवि लामिछाने सडकमा उत्रने समेत चेतावनी दिएका छन् लामिछानेले ‘यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ।तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि ‘मेरालागि’ महा पाप हो। भन्दै आवश्यक परे सडकबाट पनि बोल्न तयार रहेको बताएका छन् ।

संचारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा आफ्नी श्रीमतिलाई ट्याग गर्दै लेखेका छन् कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ। यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुत को मात्रै त्यो पदमा हकलाग्छ तपाई शारीरि मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि ‘मेरालागि’ महा पाप हो । प्रिय कुलमान जी, टेलिभिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सडकबाट पनि बोल्न आतुर छु।

लेकिन, किन्तु, But, परन्तु, तर…केहि होइन,just कुलमान घिसिङ।यसैगरि, कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन् । कलाकार श्रेष्ठले सोमबार मध्यराति सामाजिक सञ्जालमार्फत सरकारलाई त्यस्तो आग्रह गरेका हुन् ।उनले एउटा सांसद वा मन्त्रीले जिल्लाको एक क्षेत्रबाट मात्र चुनाव जित्ने तर कुलमान देशका ७७ मध्ये जुन जिल्लामा जुनसुकै पार्टीबाट उठे पनि सांसदको चुनाव जित्छन् भन्दै सरकारले बेलैमा निर्णय गरोस् भन्दै आग्रह गरेका छन् । उनले लेखेका छन् – एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ।

तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका तीन करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचित हुने निश्चीत देखिन्छ। आमजनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन्। लौ है आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो ।

जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।अर्को एउटा कुरा कुलमानजी जस्तो सही व्यक्तिलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोडसेडिङमुक्त गराइदिनुहुने आदरणीय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारीलगायत सम्पूर्ण महानुभाबहरु लाई पनि जनताले धन्यबाद दिएका छन् है। एक जनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनुहोला त्यो पनि भन्देको छु मैले । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गराउन जनस्तरबाट दबाब अभियान सुरु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ = ten