ड्राईभर भाई सुजनले बस चलाउँदा चलाउँदै यति राम्री प्रेमिका पाए । बसमै देखेर लभ पर्यो…. (भिडियो हेर्नुस)

काठमाडौं । सिन्धुपाल्चोकका सुजन बाबु गुरुङको जीवन केहि दिनअघिसम्म सामान्य थियो । आफ्नो गाउने कलालाई दबाउँदै उनी दैनिक बुढानिलकण्ठ रत्नपार्क रुटको गाडी चालकको रुपमा आफ्नो जीविको चलाउँदै थिए । त्यसैबिच २३ बर्षका सुजनको जीवनमा ठुलो परिवर्तन आयो, जब उनको बारेमा थाहा पाएर कलाकार सँचारकर्मी शिशिर भण्डारी उनको प्रतिभाको भिडियो बनाए ।

११ बर्षको उमेरमा गरिवीले पिरोलेपछि काठमाडौंमा आएर अनेकौं सँघार्ष गरेका सुजनको जीवन कथाले सबैलाई रुवायो र उनको कलाले सबैको मन लोभ्यायो । सबैको माया पाएपछि शिशिरले पहिलो अन्तर्वार्तामै गरेको बाचा पुरा गरे । उनले सुजनको गीत रेकर्ड गराए र भिडियो सहित बजारमा ल्याए ।

अहिले गीतको चौतर्फी चर्चा छ । सबैले गीतको शव्द र सँगीत सँगै गायक गायिकाको आवाजको तारिफ गरेका छन् । सुजन सँगै रचना रिमालले गीत गाएकी छिन् भने शिशिर भण्डारी आफैले शव्द र सँगीत भरेका छन् । यसैबिच बस चालक सुजन बाबू गुरुङ भाईसँग बसमै शताव्दिकाको नजर जुद्छ, भाईको बोली र बानीले युवती मोहित हुन्छिन् र उनीहरु बिच प्रेम बस्छ ।

सधै गाडी चढ्ने क्रममा माया बढ्दै जान्छ । यो सुजन भाईको दोस्रो गीत ‘एक झल्को’को कथा हो । कसरी बस्छ प्रेम ? के उक्त प्रेम सफल हुन्छ ? गीतको छायाँकन कसरी भयो ? सुजनले हालसम्म कति गीत गाए ?

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty six + = sixty eight