आज फेरि घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ, २० कात्तिक । बिहीबार सुनको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार २ सयमा झरेको हो ।

तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९५ हजार ७ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८ सय ४२ हजार ४ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + five =