दाजुभाइ मृ’ त भेटिएको ठाउँमा पुग्दा जे देखियो,सबै चकित ( भिडियो हेर्नुहोस् )

काठमाडौं । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधवार साँझ मृतावस्थामा फेला परेका हुन् ।

जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।

प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = six