‘बुहारीलाई मेरै हातले बिहे गरिदिन्छु, छोरालाई डिप्रेशन थियो, राँची लगेर ल्याएका थियौ’ (भिडियो हेर्नुस्)

कावासोती । नवलपरासी घटनामा परिवारका सदस्यले सीसीटीभी पनि हेरेका छन् । केही परसम्म दुई दाजुभाई हात समातेरै हिडेको देखेको बुवाले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

ठुलो छोरा केही समय अघि डिप्रेशनमा गएका थिए । उनले डिप्रेशनको पनि औषधि खाने गरेका बुवाले बताएका छन् । डाक्टर बन्न चाहेका थिए छोराले तर छोराको चाहना पैसाको अभावका कारण पुरा गर्न नसकेको बुवाको भनाई छ । उनलाई राँचि पनि लगिएको थियो । दुई महिनामा छोरा निको भएको बुवाको भनाई छ । तर उनले औषधि भने खाइरहेका थिए ।

घरमा हुँदा उनले आफुले खाने गरेको औषधि पनि सोधेर मात्र खाने गरेका थिए । सबै कुरा सोधेर गर्ने गरेका छोरा त्यती टाढा किन र कसरी गए भन्ने कुरामा भने बुवालाई शंका छ । कान्छो छोरा बाहिर पनि नजाने स्वभावको थियो, बुवा भन्छन्, जेठो छोरा पनि पुरै निको भएको थियो ।

जेठो छोराको प्रेम विवाह भएको बुवाको भनाई छ । बुहारी विवाह भएको दुई महिना नहुँदै एक्लिएपछि परिवारमा त्यो चिन्ता पनि थपिएको छ । वुहारीको परिवारलाई पनि छोराले औषधि खाने गरेको बारेमा जानकारी दिएको बुवाको भनाई छ । बुहारी र उनको परिवारको राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । ६ महिना अघि मात्र यो घरवाट अर्को शव पनि उठेको थियो । दुई युवाको हजुरवुवाको असारमा निधन भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty nine − = 64