२ जवान छोराको शव आगनबाट उठाउँदा नरुने कोहि भएन, एकैछिनमा उजाड भयो पौडेल परिवारको घर (तस्विर सहित)

कावासोती । गएको सोमबारदेखि बेपत्ता भएका एकै घरका दुई जना दाजुभइ मृत अवस्थामा फेला परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि सम्पर्कविहीन रहेका थिए । सोमबार बिहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनीहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए ।

उनीहरु दुवैजनाको शव बुधबार साँभ ६ बजेतिर गैंडाकोट ३ जयश्री खोलाको रहमा भेटिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख ईनिस्पेक्टर चन्द्रबहादुर थापाले जानकारी दिए । पानी ल्याउन जयश्री खोलामा वाँधिएको बाँधबाट वनेको रह (पोखरी) को किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको थापाले जानकारी दिए । जंगलमा घाँस दाउरा गर्न जानेले शव देखेपछि खबर पाएको थापालेबताए ।

विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु हालसम्म पनि सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दीइन । दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

यिनै छोराहरुको लागि हामी गाउँ छोडेर यहाँ आएको भन्दै आमाले धरधरी रुँदै भनिन्, छोराहरुलाई दुख के हो थाहा थिएन । हराए पनि हामीले तुरुन्तै प्रहरीलाई खबर गर्न सकेनौ कारण फेरी ठुला भएका छोराहरुले यति छिटै किन रिपोर्ट गरेको हो भनेर भन्लान भन्ने पिरले ढिलो खबर गरेको आमाले रुँदै बताएकी छन् ।

बिवाह गरेको २ महिनामै श्रीमानको मृत्युको खबरले श्रीमती पनि एकदमै पिडामा छन् । श्रीमतीले हामी बीच कुनै झैँ झ-गडा नभएको बताएकी छन् । कहिल्यै धेरै लामो समय सम्म घर बाहिर समेत नजाने दुई दाजुभाईको शव संगै फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

घटनास्थलमा प्रहरीले दुई दाजुभाइको शव फेला पारेको भएपछि घटनास्थलमा ३ वटा कट्टु फेला परेपछि घटना रहस्यमय भन्दै परिवारका सदस्यले शुष्म अनुसन्धानको माग गरेका छन् । युवकका बुवाले पनि घटनास्थलमा फेला परेको एउटा कट्टु आफ्नो छोराहरुको नभएको बताएका छन् ।

निकै अप्ठेरो ठाउँमा रहेको पोखरीमा दुई जना मात्र जान नसक्ने भन्दै उनीहरुको ज्या’न लि’इ’एको हुनसक्ने आशंका परिवारको छ । घटनास्थलको अवस्था र छोराहरुको स्वभावलाई लिएर परिवारले घटनास्थल रहस्यम भनेका छन् । परिवारका सदस्यको चाहना अनुसार पोष्टमार्टम पनि दुई पटक गरिने भएको छ । कतिपय घटनामा पोष्टमार्टम रिपोर्ट सहि नआएको उदाहरुण आफुहरुले देखेका कारण दोस्रो पटक पनि पोष्टमार्टम गर्न आग्रह गरिएको बुवाले बताएका छन् । पोष्टमार्टम पछि विजय र संगमको शव घरको आगनबाट उठाएर अन्तिम संस्कारको लागि लाँदै गर्दा सिंगो गाउँ सोकमा डुबेको थियो भने त्यहाँ भेला भएका आफन्त र गाउँलेको आँखामा आशु देख्न सकिन्थ्यो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 2 = one