चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं, २३ कात्तिक । पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण देखिएको छ।आज आइतबार धमलाले सामाजिक सञ्जालले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनमा कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको बताएका छन्।

धमलाले सामाजिक सञ्जालमा फेसबुकमा भनेका छन्, कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला ।

धमलाले आफू आजैबाट होम–आईसोलेशनमा बसेको र सबैको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको पनि बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = five