पछिल्लो २४ घण्टामा १५३९ संक्रमित, १०६८ डिस्चार्ज, ८ जनाको मृ’त्यु

काठमाडौं, भदौ ३१ । पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५३९ जना कोरोना संक्रमित थपिएको बताउनुभयो । योसँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ। बितेको २४ घण्टामा १०६८ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृ’त्यु भएको छ । हालसम्म संक्रमणबाट मु’त्यु हुनेका संख्या ३७९ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 ÷ two =