उदयपुरमा कहालीलाग्दो दुर्घटनामा : कुकूर जोगाउँन खोज्दा आफुलाइ गुमाइन प्रियले

उदयपुर । उदयपुरमा स्कुटर दुर्घटना हुदा कक्षा ११ को परीक्षा दिन हिडेकी एक युवतीको ज्य:न गएको छ । जिल्लाको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार विहान करिव ७ः०० बजे भएको स्कुटर दुर्घटना १९ वर्षीया प्रिया बुढाथोकी र उनको भाई घाईते भएका थिए ।

घाइते अवस्थामा रहेका दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो । जिल्ला अस्पतालमा उपचार नहुने भएपछि बिराटनगर पु¥याएर उपचार हुदैगर्दा उनले ज्यान गुमाएकी हुन् । प्रियाको १३ वर्षीय भाई युनिकको अवस्था भने सामान्य रहेको बताइएको छ । प्रियाको परीक्षाका लागि राजाबासबाट गाईघाट को ४९ प ९०७० नम्बरको स्कुटर चढेर दिदीभाई सँगै आउदै गर्दा सडकमा कुकूर जोगाउँन खोज्दा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

मृ:तक प्रिया उदयपुर सदरमुकाम गाईघाटस्थित प्याराडाइज बोर्डिङ स्कूलमा कक्षा ११ को परीक्षा विद्यार्थी रहेको प्रिन्सीपल बाबुराम आचार्यले बताए । प्रियाको मृ:त्युपछि विद्यालय र परिवार शोकाकुल बनेका छन् । प्रियाको शव अहिले बिराटनगरबाट घरतर्फ ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven + two =