ह्वात्तै घट्यो सुनको मुल्यमा, आज एकैदिन तौलामै ३ हजार ४ सय घट्यो

काठमाडौं : सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँ घटेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो । यस्तै आज तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । हिजाे तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाऊ यसरी घट्नुमा अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनुलाई प्रमुख कारण मानिएको छ ।

अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट देखिएको हो । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो ।

यसैबीच, आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = forty five