काठमाडौं उपत्यकामा १५ दिन कडा लकडाउन गर्न सिफारिस, के अब लकडाउन गर्नु पर्छ ?

काठमाडौं : कोरोना महामारी झन् पछि झन् बढिरहेकाले बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कडा लकडाउन गर्नुपर्ने भन्दै परामर्श थालेको छ । देशभर पहिले भन्दा बढी संक्रमित थपिएको भन्दै नियन्त्रणका लागि सीसीएमसी निर्देशक समितिका संयोजक एंव उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच सिंहदरबारमा लामो छलफल भएको बताइएको छ ।

बुधबार भएको छलफल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करीब पाँच घण्टा चलेको थियो । पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा केन्द्रित भएर छलफल गरेका बताएका छन् । उनका अनुसार उपत्यकामा पछिल्लो समय बढी रहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल बढी केन्द्रित भएको थियो ।

छलफलमा तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न कडा खालको लकडाउन गरेर ब्यापक परिक्षण गर्नेबारेमा छलफल सकारात्मक भएको बताइएको छ । लामो छलफल भएपनि त्यसबारे कुनै निर्णय भने नभैसकेको र संक्रमणको चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी परिक्षण फराकिलो पर्ने जस्ता विषयमा पनि छलफल भएको बताइएको छ ।

कडा लकडाउन र ब्यापक परिक्षणका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्ने विषयमा प्रभावकारी छलफल भएको समेत बताइएको छ । बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरहरुलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए।

पछिल्लो समय मुलुकभरीको संक्रमण तथ्याङ मध्ये करीब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसीएमसीका तर्फबाट उठेको थियो।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy nine = eighty four