यि हुन् ट्रकले ठक्कर दिँदा मृ’त्यु भएका एउटै मोटरसाइकलमा सवार ३ दाजुभाई (भिडियो हेर्नुस्)

काठमाडौ : तुलसीपुर दाङमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृु त्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृुत्यु भएको हो ।

मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । मृुतक तीन जना मनोज गाहा मगर, कसम पुन मगर र क्रोनिज जि मगर रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ भने पूर्व पश्चिम राजमार्ग आफन्तले ठप्प पारेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = two