‘राजा आउ देश बचाउ’ भन्दै बिराटनगरमा उर्लियो जनसागर, लाखौ मानिस सडकमा

विराटनगर । राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍या’ली निकालेका छन् । राजावर्दी संगठनहरुले बिहीबार विराटनगरमा राज संस्था फर्काउन माग गर्दै र्‍या’ली निकालेका हुन । विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावार्दी संगठनहरुले राजसंस्था फर्काउन माग गर्दै प्र’दर्शन गरेका हुन। प्रर्दशनमा उत्रेका सहभागिले ‘राजा आउ देश बचाउ’ ‘२०७२ को संबिधान खारेज गर’ ‘२०४७ को संबिधान लागु गर’ र ‘गणतन्त्र धोका हो’ लगायतका ना’रा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेपाल बिद्धत परिषदका केन्द्रीय उपाध्यक्ष बल्लभ प्रसाद दाहालले मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता र मुलुकको प्रतिष्ठा कायम हुन नसक्ने दाबी गर्नुभयो। आन्दोलनको नेतृत्व नेपाल बिद्धत परिषदले गरेको थियो। यसअघि बुटवलमा पनि राजावादीहरुले प्रदर्शन गरेका थिए ।

आफुहरुले विगत १५ बर्षदेखी निरन्तर राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएको र त्यही बिषयलाई निरन्तरताको क्रममा मोटरसाईल ¥याली आयोजना गरिएको उहाँले बताउनुभयो । नगर परिक्रमापछि नगरक्षेत्रको बरगाछीचोकमा कोणसभा समेत आयोजना गरिएको थियो । जसमा राजसंस्था पक्षधर नेताहरुले पछिल्लो अवस्थाका कारण राजसंस्थाको स्थापना अपरिहार्य भएको बताएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× four = 24