डा. गोविन्द केसीलाई कोरोना संक्रमण !

काठमाडौँ । वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ एवं सत्याग्रही डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

डा. केसीलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । उनको स्वास प्रस्वासमा समेत समस्या देखिएको छ । डा.केसी अहिले शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना भएका छन् । डा. केसीको थप स्वास्थ्य परीक्षण भइरहेको सुवेदीले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + four =