![](https://nepaltrending.com/wp-content/uploads/2020/09/kathmandi-sadl-lockdown.jpg)
काठमाडौं। काठमाडौं उपत्यकामा अब नि’षेधाज्ञा थप नहुने भएको छ। मन्त्रिपरिषद्ले नै दैनिक गतिविधि नियमिततर्फ फर्काउन निर्णय गर्दै अघि ब’ढेकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अब नि’षेधाज्ञा लगाउने छैनन्। उपत्यकामा लगाइएको नि’षेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ। नि’षेधाज्ञा नहुने भएसँगै अब जोरबिजोर प्रणाली अनुसार यातायातका साधन चलाउने नियम पनि खा’रेज भएको छ। भदौ २४ गते नि’षेधाज्ञा खुकुलो पार्दै यहाँका प्रशासनहरुले जोरविजोर प्रणालीमा मात्र यातायात चलाउन पाइने निर्णय गरेका थिए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएअनुसार मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेका हुनाले अब उपत्यकाका प्रशासनले थप निर्णयहरु गरिरहन पर्दैन। थप निर्णय नगरिसकेपछि अब उपत्यकामा नि’षेधाज्ञा रहने छैन। जोरबिजोर प्रणाली पनि स्वत: समाप्त हुनेछ। सरकारले कोरोनाबाट जो’गिन आवश्यक स्वास्थ्य मा’पदण्ड पालना गर्दै भोलिदेखि यातायातका सा’धन चलाउने निर्णय सोमबार गरेको थियो।