कल्पनाको आमाले दिइन् विवाहको स्वीकृति,रमेश प्रसाई र कल्पना दाहाल बिहे गर्दै ? (भिडियो हेर्नुस्)

काठमाडौ । एबीसी टेलिभिजनको इन्द्रेणी कार्यक्रमवाट चर्चित भएकी गायीका कल्पना दाहाल पहिलो पटक आमासंग मिडियामा सार्वजनिक भएकी छन्। रमेश प्रसाईसंग दोहोरी गाएपछि कल्पना चर्चित भएकी हुन्। पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ। रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी छन्। कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको भनाई छ। उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।

उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन्न धेरैले सुझाव दिएका छन्। सामाजिक सञ्जालमा र मिडियामा निकै खुसी देखिने कल्पनाको वास्तविक जिवनमा भने निकै ठूलो दुख परेको छ। आफ्नो जवान दाई गुमाएकी कल्पना भक्कानिएकी छन्। अरुले घर सजाएर आफ्ना दाईभाईलाई सप्तरंगी टिका लगाएको देख्दा कल्पनाको मन भक्कानिन्छ।

वृद्ध अवस्थामा ३२ वर्षको जवान छोरा गुमाएकी कल्पनाकी आमा पनि पहिलो पटक मिडियामा आएकी छन्। हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेश ले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन एता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी छिन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy − = sixty eight