भाइटिका लगाउन जाँदा १३ वर्षकी अध्यक्षकी छोरीको अरिङ्गालले टोकेर मृ’त्यु

काठमाडौँ । सोमबार स्याङ्जामा अरिङ्गालले टोकेर एक बालिकाको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिगांलले टोकेर निधन भएको हो ।

१३ वर्षीया अतिथिको अरिङ्गालले टोकेर निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिङ्गालले टोकेपछि उपचारका क्रममा निधन भएको हो ।

माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोकेर घाइते बनाएको थियो । अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको बोगटीले बताए ।

मृतक अतिथिको मंगलबार पोखरामा दाहसंस्कार गरिएको छ । त्यस्तै आँधीखोलामा अर्की एक बालिकालाई पनि अरिङ्गालले टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । रातोपाटी बाट साभार गरिएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty seven + = sixty three