कुलमानलाई दोस्रो कार्यकाल नदिनु भनेको भ्रष्ट राजनीतिको चरम नमूना हो : रविन्द्र मिश्र

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति नदिएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र विद्युत चुहावट कम गर्न सकेका घिसिङलाई सामाजिक संजालमा सर्वसाधारण, कलाकार लगायतले प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति दिन माग गरिरहेका छन् । भने प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता पाउनुपर्ने माग राख्दै उनको पक्षमा र्‍याली पनि निकालिएका छन् ।

यसैबीच साझा पार्टीका नेता रविन्द्र मिश्रले कुलमानलाई दोस्रो कार्यकाल नदिनु भनेको भ्रष्ट राजनीतिको चरम नमूना रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा कुलमानले असाधारण काम गरेको बताउदै उनलाई दोस्रो कार्यकाल नदिनु भनेको भ्रष्ट राजनीतिको चरम नमूना भएको बताएका छन् ।उनले भनेका छन् : ‘पद्दति होइन, भ्रष्टता हो , धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ।’

‘विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन। नराम्रो गरे त्यही करारका शर्तलाई देखाएर ‘तिम्रो करारसेवा टुङ्गियो’ भनिन्छ। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = 12