राजा फा’ल्नेहरू नै ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो शान, प्राण भन्दा प्यारो छ’ भन्दै प्र’दर्शनमा

धनगढी : राजा फा’लेर संघीय गणतन्त्र स्थापन गर्न २०६२/०६३ ज’नआन्दोलन गर्ने प्रमुख राजनितिक पार्टीका कार्यकर्ता अहिले ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्र’दर्शनमा उ’त्रिन थालेका छन्। देशका प्रमुख राजनीतिक पार्टीभित्र आन्तरिक वि’वाद र सत्ताको खिचातानी चलिरहेका बेला राजा फा’ल्न आ’न्दोलनका सहभागी भएका कार्यकर्ता नै रा’जतन्त्र स्थापनको माग गर्दै प्रदर्शनमा सहभागी भएका छन्।

बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हिन्दु राष्ट्र पुनःस्थापना तथा राजतन्त्र स्थापनको मा’ग गर्दै सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले कैलालीमा आयोजना गरेको बृहत् मोटरसाइकल र्‍या’लीमा अधिकांश कम्युनिष्ट र कांग्रेसका कार्यकर्ता सहभागी थिए।

‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो शान, प्राण भन्दा प्यारो छ’ भन्दै गरिएको बृहत् प्र’दर्शनमा युवाहरुले मोटरसाइकल र्‍या’ली नि’कालेका थिए। हिन्दु राष्ट्र पुनःस्थापना, सं’घीयता खा’रेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मा’गसहित प्र’दर्शन गरिएको आयोजकले बताएको छ।

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अ’नियमितता, का’लोबजारी ब’ढेकाले यसवि’रुद्ध प्र’दर्शन गरिएको समाजका संयोजक रवीन्द्र कार्कीले बताए। धनगढी देखि अत्तरियासम्म गरिएको प्र’दर्शनमा एक सयभन्दा बढी चारपांग्रे सवारी साधनसहित तीन हजार हा’राहारी मोटरसाइकल सहभागी भएका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty four − forty three =