अधुरै रहयो कोरोनाले ज्यान गु’माएका इ’न्सपेक्टर बुढाथोकीको बिहे गर्ने सपना

काठमाडौं : कोरोना संक्रमणका कारण नि’धन भएका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको अ’न्त्येष्टि गरिएको छ। श’वको विराटनगरस्थित परोपकार घा’टमा मंगलबार धार्मिक सं’स्कार अनुसार मृ’तक बुढाथोकीका काका टीकाराम खुलालले अ’न्त्येष्टि गरेका छन्।

२०६८ सालमा प्रहरी नि’रीक्षकबाट सेवामा प्रवेश गरेका बुढाथोकीले संखुवासभा लगायत पूर्वका विभिन्न ठाउँमा कार्यरत थिए। उनी घरका जेठा सन्तान थिए। घरमा आमा बाबु र भाइ बहिनी रहेकाे तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का वडाध्यक्ष इन्द्रराज लिम्बुले जानकारी दिए। बुढाथोकी सोही वडा निवासी हुन्। उनी अत्यन्तै मि’जासिला रहेकाे लिम्बुको भनाइ छ।

बुढाथोकीको निधनले गाउँनै शाे’कमा डु’बेकाे लिम्बुको भनाइ छ। घरकाे जेठो छाेराको नि’धनमा उनका बाबुआमा बे’होश अवस्थामा रहेकाे समेत लिम्बुले बताए। उनको बहिनीको विवाह भइसकेकाे र घरमा सानो भाइ र आमा बुबा मात्रै थिए। केही समयपछि विवाह गर्ने तयारी रहेकाे समेत उनका साथीभाई बताउछन्।

उनको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति नि’धन भएको थियो। तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं ग’ण मोरङमा कार्यरत रहेका थिए। कोरोना संक्रमण बाहेक उनलाई अन्य दी’र्घ रो’गहरु भने नदेखिएको रिजालको भनाइ छ। उनी कोरोना संक्रमण नियन्त्रणकै काममा ख’टिएका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = 4