यसरी सड,कमै छमछमी नाचे ट्राफिक प्रहरी- हेर्नुहोस (भिडियो सहित )

काठमाण्डौ । ट्राफिक प्रहरीहरु आफ्नै पोसाकमा चिटिक्क सजिएर छमछमी नाचेको भिडियो सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।

महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जनाएका छन ।

सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्युब च्यानललगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ । भिडियो हेर्नुहोस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× seven = seven