अरुणले प्रहरीलाई भने, ‘रातभरी शव कोठामै लुकाएर राखें’!

महोत्तरी । बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको मृ त्यु घटना पछि स्थानिय प्रशासनले कफ्र्यु लगाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साह पक्राउ गरेको छ । साहलाई उनकै बुवाले प्रहरी कार्यालय लिएर गएका थिए ।

पसलमा आएकी बालिकालाई कोठामा लगेर उनले ज्या’न लि’ए’का थिए । आफ्नो कोठामा लगि शव राखेको र सोमबार साँझ बो’रामा हा’ली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फा’ले’को प्रहरीलाई बताएका छन् । उनी विगतमा पनि अ’प’रा’ध’मा संलग्न भइ छु’टेको व्यक्ति भएको प्रहरी भनाई छ । घटनाको बारेमा सुरुमा उनले आफ्नै परिवारलाई सुनाए ।

छोराले गल्ती गरेको थाहा पाएपछि बुवाले नै ईलाका प्रहरी कार्यालय गौशालामा पु¥याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौलियाले घाँ’टी थि ‘च्दा निधन भएको वयान उनले प्रहरी सामु दिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight ÷ eight =