भारतले भन्यो : ‘नेपाललाई कोरोनाविरुद्धको खोप चाहिए जति उपलब्ध गराउँछु’

काठमाडौं । भारतले नेपाललाई कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । दुई दिने नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाललाई आवश्यक कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

शुक्रबार काठमाडौंमा एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले आयोजना गरेको कार्यक्रममा उनले कोरोनाविरुद्धको खोप भारतलाई बनाइरहेको र नेपालको आवश्यकता पूरा गर्ने बताएका हुन् ।

कोरोनाको महामारीविरुद्ध दुवै मुलुक मिलेर लड्नु पर्ने बताउँदै उनले भने, भारतले कोरोना खोपका लागि काम गरिरहेको छ । जब खोप आउँछ । नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ ।’

बिहीबार काठमाडौं आएसँगै उनले उच्चस्तरीय भेटवार्ता गरेका थिए । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy five − = sixty eight