बाबुरामको ठोकुवा – “पूर्वराजा र राजावादीहरू कुनै पनि हालतमा राष्ट्रवादी हुन सक्दैनन्”

काठमाडौँ : जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरु कुनै पनि हालतमा राष्ट्रवादी हुन नसक्ने बताएका छन्। पछिल्लो समय देशका विभिन्‍न स्थानमा राजसंस्था र हिन्दु राज्यको पक्षमा ठूलो संख्यामा प्रदर्शन हुन थालिरहेको अवस्थामा भट्टराईले सामाजिक संजाल मार्फत पूर्वराजा र राजावादीहरु राष्ट्रवादी हुन नसक्ने बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको दावी समेत गरेका छन्। नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ भन्ने तर्फ पनि हेक्का राख्नुपर्ने उनको भनाई छ।

“पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्। नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून् !”,भट्टराईले ट्वीटरमा लेखेका छन्।

यस्तै भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएको पनि बताएका छन्। यी मध्ये कुनै एक खुट्टा भाचिच्दा पुरै खाट लड्ने उनको भनाई छ।

“गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा हुन्। यीमध्ये कुनै एक खुट्टा भॉचिँदा पूरै खाट लड्छ। यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझून्।”,भट्टराईको ट्वीट छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = one