दाङमा पनि ‘राजा आउ देश बचाउ’ भन्दै लाखौ मान्छे सडकमा

काठमाडौं मंसिर १८ । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो पनि संविधानको मूल म’र्म र भावना खारेजीको माग गर्दे । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा बृहत प्रदर्शन गरिएको छ। राज संस्था पुनर्स्थापनासहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजावादीहरूले ठूलो शक्ति प्रदर्शन गरे।

सैयौैँको संख्यामा मोटरसाइकल र्‍याली गरेका उनीहरुले घोराही बजार परिक्रमा गर्दै राजाको पक्षमा नाराबाजी गरेका थिए। विशाल र्‍यालीमा सहभागी उनीहरुले ‘राजा आउ देश बचाउ’, हि’न्दु राज्य कायम गर लगाएतका नारा लगाएका थिए । युवाहरुको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनमा राजावादीहरु मात्रै नभई गणतन्त्रवादी दलका कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो।

केहि प्रत्यक्ष रुपमै र्‍यालीमा सहभागी भएका देखिए भने केहि गणतन्त्रवादी राजनीतिक दलका कार्य कर्ताहरुले अनौपचारिक रुपमा उक्त आन्दोलनलाई सहयोग समेत गरेका थिए । राजावादी बाहेकका दलका कार्यकर्ताहरुले खुलेरै सामाजिक सञ्जाल मार्फत राजावादी आ’न्दोलनमा सहभागी हुने समेत सार्वजनिक गरेका थिए। तस्बिर : नागरिक दैनिक

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 77 = eighty one