खुसिको खबर ! यसरी फेरि कलमान बन्दैछन् विद्युत प्राधिकरणको प्रमुख

काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा को नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक सञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै दोहोरिने संकेत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको छ । बिहीबार उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तका स्वकीय सचिव दुर्गा चापागाईंले यस विषयमा सामाजिक सञ्जालमा लेख्दै प्राधिकरणमा कुलमान नै दोहोरिने सम्भावना जीवत नै रहेको बताउनुभएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका स्वकिय सचिव चापागाईंका अनुसार मन्त्रालयको तर्फबाट प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भइसकेको छ । यसबारे मन्त्री वर्षमान पुनले घिसिङ नै दोहोरिने सम्भावना जीवितै रहेको बताउनुभएको छ । घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर मन्त्री पुनले गत आईतबार नै प्रस्ताव अगाडि बढाइसकेको उहाँको भनाइ छ ।

‘उहाँहरु दुवैजनासँग सल्लाहा गरेर आईतबार नै मन्त्रालयले निरन्तरताका लागि प्रकृया पूरा गरिसकेको थियो । सोमबारको बैठकमा यसबारेमा प्रधानमन्त्रीज्यूले केही चर्चा गर्नुभएपनि प्रस्तावको रुपमा आएन,’ मन्त्री पुनले भन्नुभएकाे छ, ‘मन्त्रिपरिषदमा दर्ता भएको ऊर्जा मन्त्रालयको प्रस्ताव विचाराधीन छ । अध्ययनका लागि प्रधानमन्त्रीज्यूले केही समय लिनुभएको पनि हुन सक्छ । अहिले पनि प्राधिकरणमा कुलमानको पुनःनियुक्तिको सम्भावना जीवितै छ ।’ घिसिङको निरन्तरताका लागि प्रस्ताव तयार गरेर सोमबार अबेर विद्युतीय माध्यमबाट तथा हाल हार्ड कपी समेत मन्त्रिपरिषदको कार्यालयमा दर्ता गराइसकेको जनाइएकाे छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = one