नेपालमा आज थप ८७१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडौं, २ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ७२ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४३ हजार ८ सय २० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ३ सय ८३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७ सय ३६ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ८८ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty ÷ 2 =