काठमाडौं उपत्यकामा आज ८५९ कोरोना संक्रमित थपिए

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा ८५९ सहित नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५७३ पुगेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

10 × one =