आज सोमबार ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडाैं, १३ पुस । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको सुनको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty eight − = eighty two