लोकप्रिय राजा वीरेन्द्रको आज जन्मदिन ! यस्तो छ उनको जीवनी

काठमाण्डौ : सम्भवतः नेपालीहरुमा सबैभन्दा लोकप्रिय राजा वीरेन्द्र वीर विक्रम शाहको आज जन्मदिन परेको छ । २००२ साल पुस १४ गते जन्मेका राजा वीरेन्द्रको रह’स्यम दरबार ह’त्याका’ण्डमा २०५८ साल जेठ १९ मा मृ’त्यु भएको थियो । २०५८ साल जेठ १९ गते राजदरवारभित्र घ’टेको अकल्पनीय घ’टनामा ज्या’न गयो । तत्कालीन राजा वीरेन्द्र मात्र होइन,उनको पूरै वंश नास भएको थियो ।

यस घटनामा तत्कालीन राजा वीरेद्रले आफ्नो मात्र ज्यान गुमा’एनन्, उनीसहित रानी ऐश्वर्य,युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह,कुमार खड्गविक्रम शाह लगायतको समेत ह त्या भएको थियो । अझै पनि ‘दरबार ह त्या का ण्ड’का नामले चिनिन्छ ।

राजा वीरेन्द्रलाई अन्य राजाहरुको तुलानामा उदार, राष्ट्र र जनताप्रेमीका रुपमा लिइन्छ । २०४६ सालको आ’न्दोलनलाई सम्बोधन गर्दैै वीरेन्द्रले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातन्त्रको बहाली गरेका थिए । पीता महेन्द्रबाट लख’टिएका विपी कोइरालालाई ३३ सालमा वीरेन्द्रले बोलाएर उपचारको बन्दोबस्त गरेका थिए ।

४५ सालमा कांग्रेस र कम्यूनिस्टहरुलाई हातमा लिएर नेपालमा भारतले नाका’बन्दी गरेको थियो । ४६ सालको आन्दोलन सफल भएपछि भारतले गिरिजाप्रसाद कोइरालामार्फत भारतले नेपालमाथि धेरै किशिमका स्वार्थ पूरा गर्न खोजेको थियो । त्यसलाई राजा वीरेन्द्रले रोकेका थिए । राजा वीरेन्द्रको ह’त्यापछि नै धेरैले नेपालबाट राजसंस्था अन्त्य भएको महशुस गरेका थिए । नभन्दै उनका भाई ज्ञानेन्द्रको शा’सन जनताले मन पराएनन् । फलस्वरुप नेपालबाट राजसंस्था नै खा’रेज भयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ five = one