‘ओली समूहलाई चुनाव चिन्ह बयलगाडा’

काठमाडौं । नेकपा विभाजनको अवस्थामा पुगेपछि ओली र प्रचण्ड–नेपाल समूहले एकअर्काविरुद्ध अभिव्यक्तिमात्रै होइन सार्वजनिक रुपमै राजनीति चरित्रलाई इंगित गर्दै व्यंग्य गर्न थालेका छन् ।

अघिल्लो आइतबार प्रतिनिधि सभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित भएको छ । ओली समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कार्यको रक्षा गरेको छ भने पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ नेतृत्वको समूहले भने विरोध गरिरहेको छ ।

कुनै बेला ओलीले गणतन्त्रको विरोध गर्दै बयलगाडा चढेर अमेरिका नपुगिने बताएको प्रसङ्गलाई अहिले प्रचण्ड–नेपाल समूहले ओलीविरुद्ध प्रयोग गरिरहेका छन् ।

यसैक्रममा सोमबार बिहान कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रचण्ड–नेपाल समूहका निरज आचार्यले ओली समूहको चुनाव चिन्ह बयलगाडा राख्न भन्दै व्यंग्य गरेका छन् । उनले ओली समूहको पार्टी कार्यालय पनि बालकोट (ओलीको निजी निवास) राख्न सुझाव दिएका हुन् ।

यसबारे उनले भनेका छन्, ‘साथीहरुलाई सूर्य चिह्न र पार्टी कार्यालयमा आँखा नलगाउँन आग्रह गर्छु, यी दुवै हाम्रा हुन् । उहाँहरुलाई सुझाव छ । चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्नुस् ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 5 = twenty five