रत्नपार्कमा गीत गाउने ५ बर्षे बाबुलाई रचना रिमालले भेटिन्,अब​ सँगै गीत गाउने भए (भिडियो हेर्नुस)

काठमाडौं । रत्नपार्कको व्यस्त सडकमा ५ बर्षको बाबु माईक समातेर गीत गाउंदै थिए । छेउमै सानो बाबुको आमा र बुवा थिए । बुवा दृष्टिबिहिन थिए भने आमा सकुशल देखिन्थिन् । सानो बाबुको गीत सुनेर समय समयमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगाडी रहेको एउटा भाडोमा खसालिदिन्थे । निकै मिठो स्वर भएका यि बाबुको नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थालेको केहि मिहना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामासंग कुरा गर्दा थाहा भयो, आफ्नै स्कुलको फि तिर्न पैसा नभएपछि बाबुले सडकमा गाउन थालेका रहेछन् ।

५ बर्षकै उमेरमा यति मिठो गीत गाउने बाबुको एउटै सपना छ, ठुलो भएर देशले चिन्ने र सबैले चिन्ने गायक बन्ने । बसन्तको बुवा आमा पहिले देखि नै यसरी सडकमा गीत गाउंथे । हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने बसन्तको आमाको स्वर पनि उत्तिकै मिठो छ । आफ्नो आमा बुवा गीत गाउन घरबाट निस्कदा बसन्त पछि लाग्छन्, दिनभरी खाजा पनि नखाई गीत गाउँछन् ।

यसैबिच कलाकार तथा संचारकर्मी शिशिर भण्डारी रत्नपार्क पुगे र बसन्त र उनको परिवारको कथा सबै माँझ ल्याए । यो परिवारको कथाले सबैको मन जित्यो र शिशिरले बसन्त र परिवारको नयाँ गीत रेकर्ड गरिदिने भएका छन् । सत्यराम राम बोलको उक्त गीतमा बाबु बसन्तका साथमा उनको बुवा र आमाको मात्रै हैन चर्चित गायिका रचना रिमाल र गायक कुमार अभिको पनि आवाज रहनेछ । यसबैबिच बसन्तलाई रचनाले भेटेकी छिन् । भिडियो हेर्नुस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 + two =