शंकर पोखरेलले भने : ‘लोडसेडिङको अन्त्य कुलमानले होइन प्रधानमन्त्री ओलीले गरेका हुन्’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् । ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्यको आधार तयार गरेको बताएका हुन् ।

कुलमान घिसिङले विद्युत चु’हावट नियन्त्रण र व्यवस्थापन गरेको बताउँदै पोखरेलले भने,’२५० मेगावाट विद्युत अपुग भएका बेला प्रधान मन्त्री ओलीले भारत सँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गर्नु भएकाे हाे ।’ लोडसेडिङ अन्त्यको जस एक व्यवस्थापकलाई दिन नहुने उनको भनाई छ ।

‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्’ नेकपा ओली समूहको जिल्ला संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘विद्युत सं’कट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नु भएको हो ।’ बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ forty two = forty nine