प्रधानमन्त्री ओलिले भने : ‘नेपालले विश्व नै आश्चर्यचकित हुने गरी आर्थिक विकास गरेको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विश्व नै आश्चर्यचकित हुने गरी आर्थिक विकास गरेको दावी गर्नु भएको छ । नेकपा ओली समुहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेला कार्यक्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वको तीव्र आर्थिक बृद्धिदर गर्ने १० उत्कृष्ट मुलुकमध्ये नेपाल पनि रहेको दावी गर्दै नेपालले विश्व नै आश्चर्यचकित हुने गरी आर्थिक विकास गरेको बताउनु भयाे ।

उहाँले भन्नुभयो – ‘विश्व आश्चर्यचकित हुने गरी ठूलो आर्थिक दर गर्ने १० मुलुकमा नेपाल पनि पर्यो ।’ त्यस्तै मानव बिकास सुचाङ्कमा तीव्रताका साथ अगाडि बड्दै जाने देशमा नेपाल पनि परेका प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । आफूले नेपाललाई विश्वमा चिनाउन सफल भएको पनि उहाँको जिकिर थियो । उहाँले नेपालको नाम पनि नसुनेका विश्वका मानिसहरुलाई नेपाल कहाँ छ ? भनेर सोध्नु नपर्ने गरि थाहा पाइसकेको बताउनु भयो ।

त्यस्तैगरी उहाँले नेपालको प्रधानमन्त्री को हो ? भनेर बाहिर चर्चा नहुने गरेकोमा अहिले भारतमा नेपालको प्रधानमन्त्री को हो भन्दा जो कोहीलाई कण्ठ भएको बताउनुभयो । आफूले गरेका बिकास तथा सकारात्मक कामहरुको चर्चा हुन नपाएको जिकीर पनि उहाँको थियो।

प्रचण्ड-माधव नेपाल समूहले भएका राम्रो कामको प्रचार गर्न नसकेको आरोप लगाउँदै उहाँले आफूले गरेका राम्रा र असाधारण कामहरु जनताले थापा पाउन नसकेको बताउनुभयो । प्रचण्ड नेपाललाई इंगित गर्दै मान्छे सानो नभएको तर चित्त सानो भएकाले पछिल्लो समयमा बिकासको प्रचार हुन नपाएको पनि ओलीको कथन थियो । उहाँले भन्नु भयो – ‘मान्छे हेर्दा सानो छैन, छातीको साईज उत्रै छ तर चित्त सानो ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = one