बधाई ! यी हुन् डिग्री पास गर्ने चेपाङ समुदायकै पहिलो चेली

काठमाडौं । राप्ती नगरपालिका १३ की सीतामाया चेपाङ यस समुदायकै डिग्री सर्टिफिकेट हात पार्ने पहिलो महिला भएकी छन् । पहाडी भूगोल राप्ती नगरको उच्च भाग वासवाङमा घर रहेकी उनले हालैमात्र समाजशास्त्र विषयमा स्नातकोत्तर ‘डिग्री’ पास गरेको बताइन् । उनले पाटन क्याम्पसबाट डिग्री पास गरेकी हुन् । कक्षा ३ सम्म गाउँकै विद्यालय पढेकी उनी त्यसपछि भने जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालयमा पढ्न पुगिन् ।

क्रिमसनमा प्लस टु र कोटेश्वर क्याम्पसबाट स्नातक गरेकी उनलाई पढ्नका लागि सिकाऊ नामक गैरसरकारी संस्थाले सहयोग गरेको हो । आफ्नो जीवनमा शिक्षाको यो उपलब्धि हात लाग्नुमा बेल्जियमस्थित एक महिला नागरिक रहेको उनले बताइन् । आफू कक्षा ७ मा अध्ययनरत हुँदा ती महिलाको निधन भएपछि उनकै श्रीमान्ले स्नातकसम्म पढाउन सहयोग गरेको उनको भनाइ छ । समाजशास्त्रमा डिग्री पढ्ने क्रममा भने आफैँले खर्च जुटाएको बताउँदै उनले भनिन्, ‘जागिर खाँदै पढेको छु ।

सुरूमा अरुको सहयोगमा र हाल आफ्नै कमाइमा पढ्न व्यस्त सीताले यतिखेर काठमाडौँमै आफ्ना ३ जना भदाहरुलाई कोठामा सँगै राखेर पढाइरहेकी छन् । पारिवारिक हिसाबले सीताको जीवन निकै कष्टकर रह्यो । सानै उमेरमा बुबा बितेपछि आमा र दाइको सहयोगमा अध्ययनरत उनी आफैँ शारी’रिक अपा’ङ्गता भएकी छन् । ‘गाउँमा लडे, र हात भाँचियो, निको होला भनेर गाउँमै उपचार गरियो तर निको भएन, अन्ततः देब्रे हात नै काट्नु प¥यो’, सीताले भनिन्, ‘तर शिक्षाको उचाइले गर्दा समस्याहरुसँग जु, ध्नका लागि साहस मिलेको छ ।

चेपाङ समुदायको पहिलो डिग्री पास गर्ने महिलाका रुपमा सीतालाई पाउँदा आफू निकै खुसी भएको चेपाङ अगुवा गोविन्दराम चेपाङले बताए । चेपाङ समुदायबाट विभिन्न प्राविधिक र औपचारिक शिक्षा लिने पुरूषहरु धेरै नै भए पनि महिलाहरुले सफलता हात नपारेको अवस्था थियो’, संविधानसभा सदस्यसमेत रहेका गोविन्दरामले भने, ‘अवसर पायो भने चेपाङ जातिले पनि केही गर्न सक्छ भन्ने उदाहरण देखिन थालेको छ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty eight ÷ = forty four