भारतले भन्यो: सम्बन्ध सुधार्न नेपाललाई दुई वटा रेल दियौँ, नेपाल भन्छ हामी रेल किनेका हौ’

काठमाडौं- नेपालले भारतसँग ८४ करोड रुपैयाँमा दुई वटा रेल किनेको र शुक्रबार मात्र ति रेल नेपाल आइसकेका छन् । नेपालमा रेल सेवा बन्द भएको वर्षौंपछि रेल आउँदा नेपालीहरू अत्यन्त खुसी भएका छन् । तर सधै जस्तो नेपाल र नेपालीको खुसीमाथी खेल्ने भारतले नेपाललाई दुई वटा रेल दिएको बताएको छ ।

भारतीय रेलमन्त्रीले शुक्रबार नै ट्वीट गर्दै दुई वटा रेल दिएको बताएका हुन् । उनले गरेको ट्वीटको आशय नेपाललाई सित्तैमा रेलहरू दिएको भन्ने लाग्छ ।नेपालमा शुक्रबारमात्रै आएका दुई वटा रेलका तस्विरहरू सहित सेयर गर्दै भारतीय रेलमन्त्री पियुष गोयलले नेपाललाई दुई रेल दिएको र यसले नेपालसंगको सम्बन्ध थप प्रगाढ हुने ट्वीट गरेका छन् । तर, यी रेल नेपाल सरकारले भारतसँग किनेको हो ।

रेलमन्त्रीले नै नेपाललाई भारतले दुई वटा डेमु रेल दिएको बताएपछि नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरू आक्रोशित बनेका छन् । भारतको हेपाहा प्रवृत्ति र सीमा विवादका कारण भारतप्रति चिसिएको नेपालीको मन झनै कुंडीने देखिएको छ ।

भारतीय रेलमन्त्री गोयलले नेपालसँग भारतको प्राचिन, साँस्कृतिक तथा सौहार्दपूर्ण सम्बन्ध रहेको र सम्बन्धमा नयाँ आयाम दिँदै भारतीय रेलवेले नेपाललाई दुई रेल दिएको बताएका हुन् । ६ वर्षभन्दा अगाडि बन्द रहेको नेपालको एकमात्र रेलवे पुनः सन्चालनमा आएको हो । यसका लागि नेपालले भारतसँग ८४ करोड रुपैयाँमा यी दुई रेल किनेको हो ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy ÷ = 35