पूर्व युवराज पारस र छोरा हृदयेन्द्रको यस्तो मिलन

काठमाडौ । मुलुकमा गणतन्त्र आएपछि लामो समय थाइल्याण्ड बसेका पूर्व युवराज पारस शाहको पछिल्लो वर्षदेखि पारिवारिक सम्बन्ध सुमधुर बन्दै गएको देखिन्छ ।थाइल्याण्ड युवतीको प्रेममा परेर आफ्नी श्रीमती हिमानी र छोराछोरीलाई समेत बेवास्ता गरेर बैंककमा बसेका पूर्वयुवराज २०७१को अन्त्यतिर नेपाल फर्किएका थिए ।

त्यसपछि आक्कलझुक्कल छोराछोरी र बहिनीहरुलाई भेटे पनि अन्य पारिवारिक सदस्यहरुसँगको भेट गर्न नदिइएको भनिएको थियो ।तर, पछिल्लो वर्ष पारसको पारिवारिक सम्बन्ध राम्रो रहेको देखिन्छ । छोरा हृदयेन्द्रको व्रतबन्धमा हिमानीसँगै देखिएका पारस रेष्टुरेन्टमा हुने पारिवारिक भोजमा बुवा ज्ञानेन्द्र, आमा कोमलसहितका पारिवारिक सदस्यसँगै हुने गरेका छन् ।

यही पेरिफेरिमा पूर्वयुवराज पारस र उनका छोरा हृदयेन्द्रको एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।जुन तस्विरमा हृदयेन्द्रले आफ्ना पिता पारस केही खुवाइरहेका छन् । ढाका टोपीमा सजिएका दुवै हँसिलो मुद्रामा देखिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = 8