झापाको भद्रपुरमा हिमानी ट्रष्टद्वारा राहत वितरण (हेर्नुस् तस्वीरहरु )

झापा, २५ पुष । पूर्वराजपरिवारद्वारा सञ्चालित हिमानी ट्रस्टले झापाको भद्रपुर-२ गौरीशंकरमा राहत वितरण गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा ट्रष्टले स्थानीय सिंहदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई पौष्टिक खानेकुरा, ज्याकेट र स्थानीय वृद्धवृद्धा तथा अशक्तलाई सिल्पिङ्ग ब्याग वितरण गरिएको हो ।

ट्रष्टकी अध्यक्ष तथा पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा तथा पूर्व नवयुवराजधिराज हृदयेन्द्र शाहले ६५ जना विद्यार्थीका लागि पौष्टिक खानेकुरा र ज्याकेट, ३० घरका वृद्धवृद्धा तथा अशक्तलाई स्लिपिङ्ग ब्याग वितरण गरेका थिए ।

कार्यक्रममा सहभागीले पूर्वराजपरिवारका पक्षमा नाराबाजी समेत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रसहित उनका परिवारका सदस्यहरु २ सातादेखि झापाको दमकमा रहेको चिया बगानमा अवस्थित निवासमा बस्दै आएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty − fifty five =