ओलीलाई जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीको प्रश्न– नेपालले भारतलाई ठूल्दाइ मान्न छाडेकै हो ?

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी मिडियालाई अन्तर्वार्ता दिएका छन् । प्रधानमन्त्रीको अन्तर्वार्ता लिन जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीसहितको टोली अहिले काठमाडौंमा छ ।प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर चौधरीले अन्तर्वार्ता लिएका छन् ।‘छिमेकी नीतिलाई लिएर अहिले नेपाली प्रधानमन्त्रीको दिमागमा के चलिरहेको छ ? भनेर जान्नु महत्वपूर्ण हुनेछ’ सुधीरले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाल किन भारतसँग ठूल्दाइको जस्तो व्यवहार गर्न चाहँदैन भन्ने विषयमा निकै महत्वपूर्ण कुराकानी भयो ।’

कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले चुच्चे नक्सा सार्वजनिक गरेपछि भारतीय संस्थापन निकटको जी न्यूज नेपाली प्रधानमन्त्रीविरुद्ध खनिएको थियो ।सोही क्रममा चुच्चे नक्साको पक्षमा अभिव्यक्ति दिएकी अभिनेत्री मनिषा कोइरालालाई चौधरीले वि’वादास्पद ट्वीट गरेका थिए । साथै, नेपाल चीनसँग नजिकिएको आरोप लगाउँदै चौधरीले लेखेका थिए । तर, व्यापक वि’रोधपछि चौधरीले मा’फी माग्दै ट्वीट हटाए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गतेदेखि भारत भ्रमणमा निस्कँदैछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four ÷ = four